३४७ यात्रु बोकेको विमानको आकाशमै इन्जिन फेल भएपछि…

डिसी नेपाल
६ मंसिर २०७६ १८:२७

मनिला (एजेन्सी) । फिलिपिन्स एयरलाइन्सको एक् वाइडबडी विमान आकाशमा उडिरहेका बेला इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरेको खुलासा भएको छ।

फिलिपिन्सको मनिालाबाट अमेरिकाको लसएन्जलसका लागि उडेको ११३ ७७७ कलसाइनको बोइङ वाइडबडी विमानको आकाशमै इन्जिन फेल भएको जनाइएको छ।

सो विमानमा ३४७ जना यात्रु र १८ जना क्र्यू मेम्बर रहेको जनाइएको छ। यही विहीबार सो विमान लसएन्जलस विमानस्थलमा आकस्मिक अवतरण गरेको अमेरिकी उड्यन प्राधिकरणका प्रवक्ताले बताएका छन्।

लसएन्जलस अन्तर्राष्ट्रिय विमानस्थललाई विमान ११३का पाइलटले विमानको इन्जिन फेल भएको जनाएका थिए। सो विमान अवरतण गर्दा आगो देखिएको प्रत्यक्षदर्शीले बताएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। अमेरिकी टेलिभीजन एबीसीले सो विमान अवतरण गर्दाको भिडियोसमेत सार्वजनिक गरेको छ। जसमा विमानमा धुवाँ देखिएको छ।

यसअघि बोइङको ७३७ म्याक्स विमानमा खराबी आएपछि यसको उत्पादन नै रोकिएको छ। विश्वभरका एयरलाइन्सहरुले म्याक्स ७३७ विमानलाई ग्राउण्डेड गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *