क्लब छाडेको दुई दिनपछि म्याराडोनाद्वारा पुनः प्रशिक्षकको रुपमा फर्कने घोषणा
एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षकको रुपमा क्लब फर्कने बताएका छन् । क्लब छाडेको दुई दिनपछि ५९ बर्षीय म्यारोडोनाले सामाजिक संजालबाट क्लब फर्कने घोषणा गरेका छन् ।
‘हामीले क्लबमा राजनीतिक एकता हासिल गरेका छौँ,’ सामाजिक संजाल इन्स्टाग्राममा म्यारोडोनाले लेखेका छन्, ‘मलाई आशा छ उनीहरूले मलाई दिएका प्रतिवद्धताहरू पुरा गर्नेछन।’
सन् १९८६ को विश्वकप विजेता म्यारोडोनाले सेप्टम्बरबाट जिम्नेसियाको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए । तर, म्यारोडोनाले मंगलबार क्लब छाडेको घोषणा गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment