सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध : गृहमन्त्री थापा

डिसी नेपाल
७ मंसिर २०७६ १५:१६

काठमाडाैं। गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध रहेको बताएका छन्।

नेपाली जनताको एकतालाई अझ सुदृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउनेगरी काम गरिरहेको गृहमन्त्री थापाले जानकारी दिए। शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको बताए।

गृह मन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको बताएका हुन्। कार्यक्रममा बोल्दै उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने धारणा राखे। सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए।

वभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन काठमाडौंमा दुई दिनसम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *