महिलाले पूर्वप्रेमीको गुप्तांगको फोटो उनकै छोरीलाई पठाइदिइन्

डिसी नेपाल
७ मंसिर २०७६ १५:५९

काठमाडौं। एक बेलायती महिला ‘रिभेन्ज’ पोर्नमा दोषी ठहरिने पहिलो बेलायती महिला बनेकी छिन् । उनले आफ्ना पूर्वप्रेमीसँग बदला लिनको लागि पूर्वप्रेमीको गुप्तांगको फोटो उनकी छोरी र अफिसका बोसलाई पठाइदिएकी थिइन् । यी फोटोहरु उनीहरु सम्बन्धमा रहेका बेला महिलाले खिचेकी थिइन् । बेलायती मिडिया मिररको समाचार अनुसार ज्याकलिन डोयल नामकी यी महिलाले फेक फेसबुक प्रोफाइल बनाएर त्यसैबाट फोटो पठाएकी थिइन् ।

प्लाइमाउथ क्राउन कोर्टमा भएको सुनुवाइमा बताइएअनुसार ५५ वर्षकी यी महिलाले ती फोटोहरु उनका पूर्वप्रेमीले आफैं पठाएको भन्दै पूर्वप्रेमीको कार्यालयका सिनियरसँग उजुरी पनि गरेकी थिइन् । बेलायतमा रिभेन्ज पोर्नका विषयमा बनेको नयाँ कानुन अन्तर्गत आउन एकदमै कम केसमध्येको यो एक केस हो र यसमा महिला आरोपी भएको यो बेलायतमै पहिलो केस हो ।

महिलाले पुरुषको नाममा बनाइएको आफ्नो फेक फेसबुक प्राफाइलबाट पूर्वप्रेमीकी छोरीलाई २ फोटो पठाएकी थिइन् । तीमध्ये एकमा उनका पिताको अनुहार र दोस्रोमा गुप्तांग देखिएको थियो । छोरीले फोटोहरु पितालाई फरवार्ड गरिदिइन् । पिताले ती फोटोहरु आफू ती महिलासँग सम्बन्धमा खिचिएको भनेर चिने । महिलाले पूर्वप्रेमीको कार्यालयका सिनियर म्यानेजरलाई पनि यी दुवै फोटो इमेलमार्फत पठाएकी थिइन् ।

महिलाले इमेलमा पनि आफूलाई पुरुष नै बताउँदै त्यो कम्पनीका एक कर्मचारीले आफ्नी पत्नीलाई ती फोटो पठाएको भनेकी थिइन् । न्यायाधीशले ती महिलालाई १२ महिना सामाजिक काम गर्ने र २ महिना घरमै नजरबन्दमा राख्ने सजाय सुनाएका छन् । सजायअनुसार उनले निर्धारित सुधारसम्बन्धी कामहरु पनि गर्नुपर्नेछ र पीडितलाई ८५ पाउण्ड जरिवाना पनि तिर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *