अफगानिस्तानमा दश आइएस लडाकुद्वारा आत्मसमर्पण

डिसी नेपाल
७ मंसिर २०७६ १८:४६

अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्म समर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् ।

नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् ।

अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ ।

महिला र बालबालिकाहरू लगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले पछिल्लो हप्तायता सुरक्षा बलसमक्ष आत्म समर्पण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *