नेकपा निकट सांस्कृतिक महासंघको एकतामा पूर्णता

डिसी नेपाल
७ मंसिर २०७६ २१:१५

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन जनसांस्कृतिक महासंघ, नेपालले १ सय ५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुङ्गो लगाएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि जनसंगठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोेजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले आपसी परामर्शमा केन्द्रीय सदस्यहरु चयन गरेका हुन् ।

महासंघका र सातैवटा घटक संगठनका केन्द्रीय सदस्यसमेत गरी ७ सय २० जना संस्कृतिकर्मीको सपथ ग्रहण कार्यक्रम पार्टीका शीर्ष नेताको उपस्थितिमा यही मंसिर २८ गतेका लागि तय गरिएको महासंघका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले जानकारी दिए।

नेकपाको सचिवालयले यसअघि महासंघको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्रीलाई तोकेको थियो । महासंघले मातहतको घटक सङ्गठन भाषा तथा लोक वार्ता सङ्गठन, नेपालमा संयोजक डा.मधुसुधन गिरी र सहसंयोजक प्रा डा ऋषिराम शर्मा, जनसाहित्य लेखक सङ्घ, नेपालमा संयोजक रामविनय श्रेष्ठ र सहसंयोजक केशव सिलवाल, ललितकला परिषद्, नेपालमा संयोजक देवेन्द्र थुम्केली र सहसंयोजक अर्जुन न्यौपाने, जन नाट्यकर्मी संघ, नेपालमा संयोजक पुष्प आचार्य र सहसंयोजक किशोर अनुराग, समाज अध्ययन परिषद्, नेपालमा संयोजक भिक्टर प्रधान र सहसंयोजक धर्मेश पोखरेल, चलचित्र कर्मी सङ्घ, नेपालमा संयोजक दिनेश डिसी र सहसंयोजक उदय सुब्बा र जन सङ्गीतकर्मी सङ्घ, नेपाल संयोजक कर्णबहादुर गौतम (विद्रोही) र सहसंयोजक डम्बर पहाडी तोकिएको छ ।

यसअघि नेकपाको राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघले केन्द्रीय कमिटीलाई पूर्णता दिइसकेका छन् भने निर्माण व्यवसायी, कानुन र इञ्जिनीयरिङ क्षेत्रका सङ्गठनको एकता भइसकेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *