आर.के. स्टूडियोको मुल्य ५ सय करोड
राजकपूर द्वारा स्थापित चर्चित आर.के. स्टूडियोलाई बेच्ने तयारी भइरहेको छ । यो कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन् किनकी, यो स्टूडियोसँग उनीहरुको गहिरो याद जोडिएको छ ।
केही दिनयता फिल्मी गल्लीमा हरेक तर्फ आर.के स्टूडियोको चर्चा भइरहेको छ । हरेक कोही यस बारेमा जान्नका लागि इच्छुक छन् । मानिसहरु यसको मुल्यको पनि चर्चा गरिरहेका छन् ।
दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् । यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ । केही दिन अगाडि ऋषि कपूरले आर.के. स्टूडियो बेच्ने फैसलाको घोषणा गरेका थिए ।
ऋषिले भनेका छन्, ‘अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ ।’ आर.के. स्टूडियोको स्थापना १९४८ मा भएको थियो ।
यो स्टूडियोमा कयौं लिजेन्ड फिल्म निर्माण भइसकेका छन् । ‘आग’, ‘बरसात’, ‘आवारा’, ‘जिस देश में गंगा बहती है’, ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ जस्ता फिल्मको छायांकन यही स्टूडियोमा भएको हो ।
Facebook Comment