जगजित श्रेष्ठले पुनः मनाङबाट खेल्ने!
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले आक्रमक मिडफिल्डर जगजित श्रेष्ठलाई क्लबमा भित्र्याएको छ । पछिल्लो समय अष्ट्रेलियामा ब्यवसायिक फुटबल खेल्दै आएका जगजितलाई मनाङले नयाँ सिजनका लागि क्लबमा ल्याएको हो ।
उनी गत बैशाखमा विश्वकप छनोटको प्रारम्भिक प्रशिक्षणमा समेत सहभागी हुन नेपाल आएका थिए । यस्तै गत बर्ष असारमा साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा पनि उनी सहभागी थिए ।
गत बर्ष घरेलु फुटबलमा नदेखिएका जगजित नयाँ सिजनको लिग मनाङबाट खेल्ने निर्णय गरेका हुन् । सोही अनुसार उनी क्लबसंग सम्पर्कमा थिए ।
राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी समेत रहेका जगजित कुनै समय घरेलु फुटबलका स्टार मिडफिल्डर हुन् । आक्रमक मिडफिल्डरको परिचय बनाएका उनी घरेलु फुटबलका गतिविधि शुन्य हुँदा अष्ट्रेलिया हानिएका थिए ।
उनले घरेलु फुटबलका लोकप्रिय क्लब मनाङ, थ्री स्टार, फ्रेन्ड्स लगायतका क्लबबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् ।
Facebook Comment