काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने सञ्चारमन्त्रीको चेतावनी

डिसी नेपाल
८ मंसिर २०७६ १८:१९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

आईतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्य प्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका हुन् ।

उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए । उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए ।

उनले भने, ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने, ‘६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’

बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *