एपीएफ सेमिफाईनलमा

डिसी नेपाल
८ मंसिर २०७६ २०:२४

काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै एपीएफ प्रतियोगिताको अन्तिम ४ मा पुग्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा एपीएफलाई अन्तिम चारमा पु¥याउन प्रविन स्याङ्तानले पहिलो हाफमा विजयी गोल गरे ।

उनले खेलको १५औं मिनेटमा गोल गरेका थिए । राम कुमार कुमालको क्रसमा प्रविनको बक्सभित्रको शक्रिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।

एपीएफका डिफेन्डर रमेश दंगाल खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ प्राप्त गरे । योसँगै चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिसका क्लब तथा बुधबार एपीएफ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *