साग महिला भलिबलः नेपालको पहिलो खेल बंगलादेशसँग

डिसी नेपाल
८ मंसिर २०७६ २०:५८

काठमाडौं । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ ।

नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा सहज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले दुई साताअघि बंगलादेशमै आयोजना भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।

सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै शुरु हुनेछ । नेपालको समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पहिलो दिन लिग चरणमा महिलाततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । दोस्रो दिन पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र नेपालबीच खेल हुनेछ । श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *