उपाधिका लागि मराठालाई मात्र ८८ रनको लक्ष्य
काठमाडौँ । अबुधाबीमा जारी टी–१० लिगको फाइनल खेलमा आज मराठा अरेबियन्स र डेक्कन ग्लाडीएटर्सबीच भिडन्त भईरहेको छ । फाईनलमा ग्लाडीएटर्सले मराठालाई मात्र ८८ रनको लक्ष्य दिएको छ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीएटर्सले १० ओभरमा ८ विकेट गुमाएर मात्र ८७ रन बनाएको छ। ग्लाडीएटर्सका अशिफ खानले सर्वाधिक २५ रन बनाए। यस्तै भानुका राजापाक्षेले २३ रन बनाए। मराठाका ड्वेन ब्राभोेले २ विकेट लिए।
त्यस्तै कलन्दर्स र बंगला टाइगर्सबीच तेस्रो स्थानका लागि आजै भएको खेलमा बंगला टाईगर्सले जित निकालेको छ।
प्रतिक्रिया
Facebook Comment