नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक सुरु

डिसी नेपाल
९ मंसिर २०७६ १२:०४

काठमाडौँ । नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ।

पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहको उपस्थिति रहेको छ ।

बैठकमा सुरक्षा ब्यबस्था, कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ। साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ।

बैठकको अन्त्यमा पर्यटनमन्त्रि भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *