बुढी गण्डकी परियोजनामा सरकारले राष्ट्रघात गरेको काँग्रेसको आरोप

डिसी नेपाल
९ मंसिर २०७६ १७:३३

काठमाडौं । नेपाली कांग्रेसले बाह्रसय मेगावाटको बुढीगण्डकी जलविद्युत परियोजनामा राष्ट्रघात भएको ठहर गरेको छ । सोमबार प्रेस वक्तव्य जारी गर्दै सरकारका कामले जनताका सपनाहरुमा गम्भिर असर पुर्याएको जनाएको छ ।

बुढी गण्डकी निर्माणका लागि डिजेल र पेट्रोल खरिदमा जनताबाट उठाएको रकम ३८ अर्व पुग्दा पनि निर्माण नगरेर परियोजनालाई विना प्रतिस्पर्धा विदेशी कम्पनिको हातमा सुम्पिएर देश र जनतामाथि ठुलो घात गरेको ठहर नेपाली काँग्रेसले विज्ञप्तिमार्फत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा सहज राजनीतिक वातावरण बनेकाबेला संसारभर रहेका नेपालीलाई राष्ट्र विकासको अवसर दिलाउनुको सट्टा निर्माण सम्भव ठहर गरिएको बुढी गण्डकी पनि कागजी प्रक्रियाको टुङ्गो समते नलगाई विदेशि कम्पनीलाइ सुम्पिनुले नेपाली जनतालाई विश्वास नगरेको बुझिन्छ।’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “नेपाली काँग्रेसको सरकारले जनता आफैले बनाउन सक्छन भनि ल्याएको बुढी गण्डकी आयोजनामा वर्तमान सरकार विपरीत उभिनुको आन्तरिक अभिष्टमा आर्थिक चलखेल भएको छैन भनि भन्न सकिने कुनै आधार छैन।” उठेको र उठनबाँकी रकमको र समग्र बुढी गण्डकी परियोजनाको भविश्य के ? नेपाली काँग्रेसले प्रश्न समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *