विरामीलाई बलात्कार प्रयास आरोपमा मेडिसिटीका चिकित्सक पक्राउ

डिसी नेपाल
९ मंसिर २०७६ १९:०१

काठमाडौं। बिरामीमाथि बलात्कार प्रयास गरेको आरोपमा सोमबार राजधानी काठमाडौंबाट एक चिकित्सक पक्राउ परेका छन्। उपचार गराउन आएका बिरामीमाथि बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पीडित महिला अस्पतालमा स्वास्थ्य परीक्षणमा आएको बताए। प्रहरीले मंगलबार अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *