कालापानी समस्या सरकारको ‘लुलो’ राष्ट्रवादकाे उपज : नेपाली काँग्रेस

डिसी नेपाल
१० मंसिर २०७६ १७:४७

काठमाडौं । नेपाली काँग्रेसले सरकारलाई लुलो राष्ट्रवादको सँज्ञा दिएको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गांसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा पनि सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल नगरेको भन्दै मंगलबार विज्ञप्ति जारी गर्दै काँग्रेसले सरकारको लुलो राष्ट्रवाद उदाङ्गो भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली काँग्रेसले घटना लगत्तै गम्भीर विमती त प्रकट गर्दै भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाली काँग्रेसले सरकारलाइ साथ दिएर अभूतपूर्व राष्ट्रिय एकता समेत निर्माण भएको छ । तर यो महिना दिनको अवधिमा सरकारले न त गम्भीर कुटनैतिक पहल गरेको सुनिएको छ न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ ।”

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ,“ नेपाली काँग्रेस अझै पनि दृढताका साथ सरकारको साथमा छ । राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ ।”
संविधान निर्माणको ऐतिहासिक दायित्व नेपाली कांग्रेसको नेतृत्वमा पूरा भएको स्मरण गराउदै विज्ञप्तिमा भनिएको छ, “कालापानी प्रकरण ऐतिहासक दायित्व पूरा गर्ने अभिभारा सरकारको कांधमा आइपुगेको छ । तर सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद हो। ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *