रुग्ण उद्योगलाई सञ्चालन गरिन्छ : उद्योगमन्त्री भट्ट

डिसी नेपाल
१० मंसिर २०७६ २०:४३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले सरकारी उद्योगले मुनाफा हासिल गर्न नसकेको अवस्थामा यसलाई कुशल व्यवस्थापनका साथ मुनाफातर्फ लैजानका लागि छलफल भइरहेको बताए। निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे सूक्ष्म अध्ययन गरिरहेको उनकोको भनाइ थियो ।

निजी क्षेत्रका लागि पनि औद्योगीकरणको वातावरण बनाउनका लागि आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “कतिपय ऐन, कानूनहरु बनिसकेका छन्, कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन्, अब सुस्त गतिमा हिँडेर काम छैन, जनताका सबै आकाङ्क्षा र सपना पूरा गर्नेगरी राष्ट्रको आवश्यतानुसार हामी गतिशील भएर अगाडि बढनुपर्छ ।”

उनले चालू आवको प्रथम चौमासिकमा मुलुकको व्यापार घाटा कम भइरहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक बनाउन आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने, “यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नका लागि दत्तचित्त भएर लागिरहेका छौँ । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समुन्नति हुँदैन ।”

मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउने आफ्नो पहिलो काम हुने बताउँदै देशको आन्तरिक मागलाई सन्तुलित गरी आपूर्तिलाई व्यवस्थापन गरिने र बाह्य मुलुकसँगको व्यापारलाई सन्तुलन बनाउने गरी वाणिज्यका गतिविधि अगाडि बढाइने विचार उनको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *