तीन प्रतिस्पर्धी दलको भव्य चुनावीसभा एकै दिन

डिसी नेपाल
१० मंसिर २०७६ २०:५६

भक्तपुर । मङ्सिर १४ गतेको उपनिर्वाचनको प्रचारप्रसार गर्दै मत माग्न राजनीतिक दलहरुद्वारा आयोजना गरिएका ¥याली तथा घरदैलो कार्यक्रम मंगलबारदेखि सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीले घरदैलो र प्रचारप्रसार सकिएको जनाएको छ ।

नेकपा अध्यक्ष बचन देउजाले मंगलबार नगरकोटमा घरदैलो र पार्टी प्रवेश कार्यक्रम भएको जानकारी दिँदै आजदेखि घरदैलो सकिएको र भोलि भव्य चुनावीसभा रहेको जानकारी दिएका छन्।

यता नेपाली काँग्रेसले पनि आज सुडालमा आयोजना गरेको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं सांसद बद्री पाण्डे, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई, राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहसहितको घरदैलो सम्पन्न भएको र भोलि चुनावीसभा रहेको काँग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए।
नेमकिपाले पनि आजसम्म आयोजना गरेको घरदैलो र प्रचार सम्पन्न गरेको र भोलि चुनावीसभाको आयोजना गरेको जनाएको छ ।

नेकपा भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–४, नारायणटारमा भोलि ११ गते दिउँसो २ बजे हुने अन्तिम चुनावीसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्बाङले विशेष मन्तव्य राख्नुहुने बताइएको भएको छ । नेकपा भक्तपुरका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि देवीप्रसाद ढकाल (डिपी)लाई विजयी गराउन ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा, ‘समुन्नत भक्तपुर निर्माणको हाम्रो अभिभार’ भन्ने मुख्य नाराका साथ चुनावीसभा हुने भएको छ ।

त्यस्तै, नेपाली काँग्रेसले भोलि ११ गते दिउँसो १ बजे यातु महादेवसँगैको हेलमेट डाँडामा अन्तिम चुनावीसभाको आयोजना गरेको पार्टी सचिव ढुङ्गेलले जानकारी गराए । सभामा काँग्रेसका नेता डा प्रकाशशरण महतलगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यता, नेमकिपाले पनि दिउँसो ३ बजे कमलविनायक भत्केको पाटीमा अन्तिम चुनावीसभा गर्ने भएको छ । उक्त चुनावीसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे, सचिव प्रेम सुवाल, प्रदेश सांसदहरुलगायतले मन्तव्य राख्ने कार्यक्रम तय भएको नेमकिपाले जनाएको छ । तीनवटै दलले आफ्नो शक्ति प्रदर्शन गर्न गाउँगाउँबाट ¥यालीसहित आएर सभा गर्ने र शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *