महिला हिंसा अन्त्य गर्न राष्ट्रसंघीय महासचिवको आह्वान
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आह्वान गरेका छन् ।
महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस अभियानलाई सरोकारवाला सवै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिए ।
“सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आम नागरिकलाई हातेमालो गरेर महिला हिंसा विरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,” उनले भनेका छन् ।
महासचिव गुटेर्रेसले महिला हिंसा विरुद्ध अभियान चलाईरहेकाहरुप्रति सम्मान र ऐक्वबद्धता व्यक्त गरेका छन् । उनले महिला अधिकार र समानताका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले सँगै मिलेर काम गर्नुपर्छ, यौनिक हिंसा, बलात्कार जस्ता घटना अन्त्य गर्नुपर्दछ ।” उनले महिलाविरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्यका लागि राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको पनि उनले गरे ।
महासचिव गुटेर्रेस विश्वभरका हरेक तीन महिला मध्ये एक महिला हिंसाबाट प्रभावित भएको पाइएको पनि जानकारी दिए । यस बर्षपनि अघिल्ला बर्षमा झै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
Facebook Comment