झन् आकाशियो प्याजको भाउ, आज कुन तरकारीको भाउ कति छ ?

डिसी नेपाल
११ मंसिर २०७६ ७:४४

काठमाडौँ । पछिल्लो समय राजधानी काठमाडौँ लगायतका शहरमा तरकारीको भाउ निरन्तर उकालो लागिरहेको छ ।

काठमाडौँको कालिमाटी फलफुल तथा तरकारी बजारले आज बुधबार सार्बजनिक गरेको तालिका अनुसार प्याज, काउली, आलु लगायतका तरकारीको भाउ बढेको हो ।

आज बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारले सार्बजनिक गरेको तरकारीको भाउ अनुसार ठुलो गोलभेँडा नेपाली एक केजीको थोक मुल्य न्युनतम ५० रुपैयाँ देखि अधिकतम ६० रुपैयाँ रहेको छ भने खुद्रा मुल्य न्युनतम ९० देखि अधिकतम ९० रुपैयाँ रहेको छ ।

त्यस्तै सुकेको प्याज एक केजीको थोक मुल्य न्युनतम १ सय ७५ रुपैयाँदेखि अधिकतम १ सय ८२ रुपैयाँ रहेको छ भने खुद्रा मुल्य २ सय १० रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको थोक तथा खुद्रा मुल्य

आजको खुद्रा मुल्य




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *