दुर्योधनलाई ग्लानी हुन थाल्यो र उनले आत्महत्या गर्ने सोच बनाए
काठमाडौं। नेपालीमा एउटा भनाइ छ–खराब मान्छेसँग पनि राम्रो व्यवहार गर्नु भयो भने उसको स्वभाव विस्तारै परिवर्त हुन्छ।’ तर केही विषयमा यो भनाइ गलत सिद्ध पनि हुन सक्छ। खराब मानिससँग तपाईँले जति राम्रो व्यवाहार गरेपनि उसको व्यवहार परिवर्तन हुँदैन।
यस्ता मानिस त्यतिबेलासम्म राम्रो हुन सक्छ जतिबेला सम्म उ राम्रो मानिसको संगतमा रहन्छ। तर फेरि खराब मानिसको संगतमा पुगेपछि उसको पुरानै स्वभाव फर्किन्छ। यो सन्दर्भमा महाभारतमो एउटा मार्किक प्रसंग छ।
जुवामा सबै हारपछि वनवासका क्रममा पाण्डव काम्यक वनमा बस्दै आएका थिए। पाण्डवहरु काम्यक वनमा बस्दै आएको कुरा दुर्योधनले थाहा पाए। उनी शिकार गर्ने वहानामा काम्यक वनमा दुर्योधनले आफ्नो शिविर बनाए।
दुर्योधनको उद्देश्य आफ्नो राजषी ठाँट देखाएर पाण्डवलाई जलाउने थियो। त्यहाँ कुनै विषयमा दुर्योधनको गन्धर्वहरुसँग विवाद भयो। गन्र्धवहरुले दुर्योधनलाई बन्दी बनाए। यो कुरा युधिष्ठिरले थाहा पाए। आफ्नो भाइ बन्दी बनाएको थाहा पाएपछि उनलाई छुटाउन युधिष्ठिरले अर्जुन र भीमलाई अह्राए। पाँच पाण्डव दुर्योधनकै कारण आफ्नो सबै राजपाठ हारेर वनवासमा थिए। तर उनीहरुले आफ्नो भाइलाई बन्दी बनाएको थाहा पाएपछि उनलाई सहयोग गर्ने प्रण गरे।
पाण्डवहरुले गन्र्धवलाई हराएर दुर्योधनलाई छुटाए। यो घटनाले दुर्योधनले आफूलाई निकै अपमानित महशुस गर्न थाले। उनको मनमा आत्महत्या गर्ने विचार पनि आयो। उनले अन्न र जल त्याग गरेर उपवासको नियमको पालना गर्न थाले।
यो कुरा जब पातालबासी दैत्यले थाहा पाउँछन्। तब उनीहरुले दुर्योधनको सहायतका लागि अनेक दानव पृथ्वीमा आएको बताउँछन्। दैत्यको कुरा मानेर दुर्योधनले आत्महत्या गर्ने विचार त्याग गर्छन्। र, उनले अज्ञातवास समाप्त हुने वित्तिकै पाण्डवको विनास गर्ने प्रतिज्ञा गर्छन्।
Facebook Comment