रियल म्याड्रिडमा आफ्नो भविष्य बारे बोले मोड्रिच
एजेन्सीं । रियल म्याड्रिडलाई पछिल्लो तीन प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका मिडफिल्डर लुका मोड्रिचले क्बलमा आफ्नो भविष्यबारे प्रतिक्रिया दिएका छन्।
एथ्लेटिको म्याड्रिड र बार्सिलोनाले मोड्रिचलाई प्रस्ताव राखेको खबर आइरहँदा बिहीबार राति नै यूरोपको उत्कृष्ट वर्ष खेलाडी घोषित मोड्रिचले अवार्ड ग्रहण पछि प्रतिक्रिया दिदैँ रियलमा आफ्नो भविष्यबारे प्रतिक्रिया दिएका हुन्।
उनले अझै धेरै वर्ष रियलमा विताउन चाहेको बताएका छन्। ‘रियल म्याड्रिडमा म धेरै खुशी छु,’ मोड्रिचले भने, ‘म यस क्लबमा अझै धेरै वर्ष विताउन चाहान्छु।’
कार्यक्रममा उपस्थित रियल म्याड्रिडका अध्यक्ष फ्लरोन्टो पेरिजले पनि क्लबले माड्रिच जस्ता स्टार खेलाडीलाई बेच्न नचाहेको बताएका थिए।
गत जुनमा भएको रुस विश्वकपमा मोड्रिचले क्रोएशियालाई उपविजेता बनाएका थिए। साथै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए।
डिसी नेपालबाट साभार
Facebook Comment