फिफा वरियतामा नेपाल ३ स्थान तल

डिसी नेपाल
१२ मंसिर २०७६ १६:५५

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेको छ । यसअघि १ सय ६७ औं स्थानमा रहेको नेपाल १ सय ७० औं स्थानमा पुगेको छ ।

दक्षिण एशियाली बरियतामा नेपाल भारत र माल्दिभ्स भन्दा तल रहेको छ । माल्दिभ्स एक सय ५५ औं स्थानमा छ भने भारत एक सय आठ स्थानमा पुगेको छ । भारत पनि यसअघिको बरियतामा दुई स्थान तल झरेको छ ।

नेपाल भन्दा तल बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका रहेका छन । बंगलादेश तीन स्थान तल झर्दै एक सय ८७ औं स्थानमा छ भने भुटान एक सय ८९ औं स्थानमा छ ।

पाकिस्तान दुई सय एक र श्रीलंका दुई सय पाँच स्थानमा छ । विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा एथावत छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *