वुद्धिमान पिताले अन्तिम समयमा पुत्रसँग भने–सुख शान्तिका लागि आफू र भगवानमाथि भरोसा गर्नु
काठमाडौं। जीवनमा सुख र शान्ति कायम राख्नका लागि हामीले कस्तो कुरालाई ध्यान दिनुपर्छ भन्ने विषयमा पिता र पुत्रको एक प्रचलित कथा छ। कथाका अनुसार पुरानो समयमा एक व्यक्ति वुद्धिका कारण निकै प्रसिद्ध थिए। गाउँ र आसपासका क्षेत्रबाट मानिसहरु आफ्नो समस्या लिएर ती व्यक्तिको ठाउँमा आउँथे र उनले ती समस्याको हल पनि बताउँथे।
जब ती वुद्धिमान मानिस बुढा भए, तब उनलाई के लाग्यो भने आफ्नो अन्तिम समय आइसक्यो। उनले आफ्ना छोरालाई बोलाएर भने–मेरो अन्तिम समय भएको छ। अब मेरो निधनपछि तिमीले एक्लै जीवन यापन गर्नुपर्छ। अब म तिमीलाई सुशी र सफल जीवन बिताउन चार वटा कुरा भन्न चाहन्छु। जबसम्म तिमीले यी चारवटा कुरालाई आफ्नो जीवनमा लागू गर्छौ तब तिमीले कुनै पनि समस्याको सामना गर्नु पर्दैन।’
पहिलो, घर परिवारमा तिमीलाई कसैले गाली नै गरेपनि नरिसाउनु। कहिले काँही स–सानो कुरामा पनि बदला दिने भावना जाग्छ, त्यसलाई रोक्नु। मानिसहरुको गल्ती माफ गर्दिनु। जब अरुको गल्तीलाई माफ गर्छौ तव तिम्रो मन शान्त हुन्छ। यदि बदलको भावना लियौ भने मन सधैं अशान्त हुन्छ।
दोस्रो, जब तिमीले कसैलाई सहयोग गर्यौ भने आफूले सहयोग गरेको कुरालाई झुल्नुपर्छ। सहयोग गर्नुस् र बिर्सिनुस्। कसैलाई केही सहयोग गरेको बदलामा केही पाउने अपेक्षा नगर्नुस्।
तेस्रो, कुनै पनि काममा सफलता पाउनका लागि कडा मेहनत गर्नु। आफूमाथि र भगवानमाथि भरोसा गर्नुस। भगवान तपाईँको लागि सधैं राम्रो काम गर्छन्।
चौथो, सधैं याद राख्नु पर्ने कुरा के हो भने जसले जन्म लियो, यसको मृत्यु अवश्य हुन्छ। कुनै पनि व्यक्तिको मृत्युपछि आफूसँग केही पनि लिएर जाँदैन। त्यसकारण कुनै पनि वस्तुको सुख सुविधाको मोह गर्नु हुँदैन। अरुको सामान हडप्ने चेस्टा गर्नु हुँदैन। लोभ पनि नगर्नु। गलत काम गर्नबाट बच्नु। जो व्यक्ति यी चार कुरालाई ध्यानमा राख्छन्। उनीहरु सधैं खुसी र सुखी हुन्छन्।
Facebook Comment