युरोपा लिगमा आर्सनल पराजित, लगातारको हारले प्रशिक्षकको जागिर धरापमा

डिसी नेपाल
१३ मंसिर २०७६ ८:२९

काठमाडौं। युइएफए युरोपा लिगमा प्रिमियर लिग क्लब आर्सनल जर्मन बुन्डेसलिगा क्लब इन्टराक्ट फ्रयांकफर्टसँग पराजित भएको छ ।

फ्रयांकफर्टको जीतमा डैची कमाडाले दुई गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्सनलले अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । आर्सनलका लागि पिएररे एमरिक अउबामेयांगले गरेका थिए ।

योसँगै आर्सनलले सबै प्रतियोगितामा पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । जसमा ५ खेल बराबरी खेलेको छ भने २ खेलमा हार बेहोरेको छ । यो हारपछि आर्सनलका प्रशिक्षक उनै एमरी दबाबमा रहेका छन् । लगातारको असफलतापछि आर्सनलले एमरीलाई हटाउने सम्भावना रहेको छ । हारपछि पनि समूह एफमा ५ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ भने फ्रयांकफर्टको ५ खेलमा ९ अंक हासिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *