अमेरिकी राष्ट्रपति ट्रम्प बिना योजना एक्कासी अफगानिस्तान किन पुगे ?

डिसी नेपाल
१३ मंसिर २०७६ ८:३७

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अप्रत्याशित रुपमा अफगानिस्तान गएका छन् । राष्ट्रपति ट्रम्प थ्यांक्सगिभिङको अवसर पारेर पूर्व घोषणा बिनै अफगानिस्तानमा रहेको अमेरिकी सैनिकको बेस क्याम्पमा गएका हुन् ।

उनले त्यहाँ अमेरिकी सैनिकलाई सम्बोधन गर्दै अमेरिका र तालिबानबिच वार्ता भइरहेको बताए । अफगानिस्तानको बाग्राम हवाई बेसक्याम्पमा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तालिबान सम्झौता गर्न चाहन्छन् ।’ ट्रम्पले अफगान राष्ट्रपति अशरफ घानीसँग पनि भेट गरेका छन् ।

ट्रम्पले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या उल्लेख्य मात्रामा कम गर्ने पनि ट्रम्पले बताएका छन् । हाल अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सैनिक छन् । अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ मा भएको तालिबान आक्रमणपछि अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो ।

तालिबानले केही दिनअघि सन् २०१६ देखि बन्धक बनाएका दुई पश्चिमी प्राज्ञलाई रिहा गरेको थियो । त्यसका लागि केही तालिबानी बन्दी पनि रिहा गरिएको थियो । यसले वार्ताको वातावरण बनाएको बताइएको छ । बिहीबार स्थानीय समय अनुसार बेलुका साढे आठ बजे अफगानिस्तान पुगेका ट्रम्प मध्य रातमा फर्किएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *