खराब प्रदर्शनपछि आर्सनलका मुख्य प्रशिक्षक बर्खास्त

डिसी नेपाल
१३ मंसिर २०७६ १७:२९

एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ । शुक्रबार आर्सनलले एक विज्ञप्ति जारी गर्दै स्पेनिस प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको जनाएको हो ।

यस सिजन क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि आर्सनलले ४८ वर्षे प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको हो । युरोपा लिग अन्तर्गत बिहिबार राति आर्सनल घरेलु मैदानमा फ्रान्कफर्टसँग २–१ ले पराजित भएको थियो ।

‘हाम्रो धन्यवाद युनाई र उनका सहयोगीहरूलाई जसले क्लबलाई यो स्थानसम्म ल्याउन मद्दत गरे ।’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले युनाई र उनका टिमलाई भबिष्यको शुभकामना दिन चाहान्छौं ।’

मुख्य प्रशिक्षक आर्सेन वेंगरले क्लब छाडेपछि सन् २०१८ मा आर्सनलले इम्रीलाई टिमको जिम्मेवारी दिएको थियो । नयाँ प्रशिक्षक अनुबन्धन नभएसम्म आर्सनल सहायक प्रशिक्षक फ्रेड्डीको नेतृत्वमा हुनेछ । यस सिजन आर्सनल लिगको आठौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *