सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट
काठमाडौं । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।
दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लब बीच हुनेछ भने सोहि दिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ ।
मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मस्र्याङदी क्लब र एपिएफ क्लब बीच हुनेछ । त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई बैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेल सँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भुकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिए पछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।
Facebook Comment