संविधान संशोधनको मिशन पूरा गर्न सरकारमा आएको हुँ : मन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग भएको संयुक्त पत्रकार भेटमा उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व संविधान संशोधनको सहमति भएको हुँदा सो कार्यान्वयन गर्ने बेला आएको बताएका हुन्।
उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर सङ्घीयता बलियो हुँदैन, पार्टीको मुख्य मिशन नै संविधान संशोधन हो ।” उनले वार्ताबाटै समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताएका छन्।
कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए÷नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाउने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले सङ्क्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा रहेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए। समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए।रासस
Facebook Comment