वार्नरको २३ औं टेस्ट सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा
काठमाडौं। अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि शतक बनाएका छन्। घरेलु टोली अस्ट्रेलियाका वार्नरले पाकिस्तानविरुद्ध जारी टेष्ट खेलमा १५६ बलमा शतक पूरा गरेका हुन्।
शतक बनाउने क्रममा उनले १२ चौका प्रहार गरे। उनको यो टेष्ट क्रिकेटमा २३औं शतक हो। यस्तै अर्का ब्याट्सम्यान मार्नस लाबुसानेले पनि सतक बनाएका छन्। उनले १६९ बलमा १४ चौका प्रहार गर्दै सतक पुरा गरेका हुन्। उनको यो टेस्टमा दोस्रो सतक हो। उनले यसअघि पाकिस्तान विरुद्धको पहिलो टेस्टमा सतक प्रहार गर्दै सर्वाधि १८५ रन बनाएका थिए।
यस्तै डेभिड वार्नरले पनि पहिलो टेस्टमा सतक प्रहार गरेका थिए। उनले २९६ बलमा १५४ रन बनाएर आउट भएका थिए। टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो दिनको खेल सकिँदा निकै बलियो स्थितिमा पुगेको छ। अस्ट्रेलियाले पहिलो दिनमा १ विकेट गुमाएर ३०२ रन बनाएको छ।
अस्ट्रेलियाका वार्नर १६६ तथा लाबुसाने १२६ रन बनाएर नटआउट रहेका छन्। पहिलो टेस्टमा अस्ट्रेलिया एक ईनिङ र ५ रन ले विजयी भएको थियो।
Facebook Comment