लण्डन ब्रिजमा दिनदहाडै चक्कु प्रहार, केही मानिस घाइते
बीबीसी । ब्रिटेनको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा भएको घटनामा केही मानिस घाइते भएको विश्वास गरिएको प्रहरीले बताएको छ। मेट्रोपोलिटन प्रहरीले उक्त पुल नजिकैको परिसरमा स्थानीय समय दिउसोको २ बज्न लाग्दा चक्कु प्रहारको घटना भएको भन्दै आफूहरूलाई बोलाइएको बताएको छ।
प्रहरीले एकजना पुरुषलाई पक्राउ गरिएको बतायो। लण्डनको एम्बुलेन्स सेवाले ठूलो घटना भएको बताएको छ। लण्डन ब्रिजलाई प्रहरीले बन्द गराइदिएका छन्। त्यहाँ बीबीसीका एकजना पत्रकारले गोली चलेको आवाज सुनेका छन्।
बीबीसी संवाददाता जोन म्याकम्यानसले पुरुषहरूको एक समूह सो पुलमा झगडा गरिरहेको देखेको बताए। प्रहरी आइपुगेपछि त्यहाँ गोली चलेको उनले जानकारी दिए। उसले त्यस क्षेत्रमा रहेका मानिसहरूलाई काममा खटिएका प्रहरी अधिकारीहरूको सुझावलाई मान्न आग्रह गरेको छ।
म्याकम्यानसले बीबीसी न्यूज च्यानललाई भने, ‘केही समयअघि म लण्डन ब्रिजबाट हिँडिरहेको थिएँ। त्यहाँ छेउमा एउटा झगडा भइरहेको देखियो। त्यहाँ एकजना व्यक्तिलाई धेरैजनाले आक्रमण गरिरहेका थिए। त्यसलगत्तै प्रहरी आइपुग्यो र केही राउन्ड गोली चल्यो।’ घटनास्थलमा प्रहरी तथा एम्बुलेन्स देखिएको र त्यहाँ मानिसहरूलाई जान नदिइएको बताइएको छ।
Facebook Comment