पोखराको मतदान स्थलमा बम बिस्फोट, मतदान पुनः सुचारु

डिसी नेपाल
१४ मंसिर २०७६ ८:५१

पोखरा । कास्की–२ को मतदानस्थल नजिकै बम विस्फोट भएको छ।

पोखरा नयाँबजारको नवप्रभात माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ८ बजेतिर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मतदान स्थलमै बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको र अहिले पुन सुचारु छ ।

घटनाबाट कुनै मानविय क्षति नभएको र घटनामा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *