देशभर विप्लवको खोजी, जङ्गलमा समेत नभेटिएपछि प्रहरी हैरान! आखिर कहाँ छन् ?

डिसी नेपाल
१५ भदौ २०७५ १२:४८

काठमाडौँ । वर्तमान सरकारले मुख्य चुनौती ठानेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भुमिगत छन्।

जिल्ला अदालत भोजपुरले बम विस्फोटक पदार्थ ओसार पसार तथा कालिकोट जिल्ला अदालतले उनी विरुद्ध परेको मुद्दाका लागि प्रकाउ पुर्जी जारी गरेपछि विप्लव झन् भुमिगत भएका छन्।

विप्लवपछिका शिर्ष नेताहरुलाई धरपकड तथा पक्राउ गरिरहेको प्रहरीको ध्यान पछिल्लो समय महासचिव चन्दलाई नै गिरफ्तार गर्ने योजनामा देशभर परिचालन गरिएको छ। तर, जताततै खोज्दा पनि नभेटिएको बताइएको छ।

केहि दिन पहिले प्रहरीले रुकुम स्थित जगंलमा खोजी गरेको थियो। जगंलभर खोज्दापनि विप्लव नभेटिएपछि प्रहरीनै चकित परेको नेकपा नेताहरुले बताएका छन्।

विप्लवको खोजीमा प्रहरीको विशेष ब्युरो परिचालन गरिएको स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार विप्लवलाई खोज्न भन्दै प्रहरीको जम्बो टोली केही दिनअघि उपत्यकाको नजिकैको सिन्धुपाल्चोक क्षेत्रको जंगलमा पुगेको तर केहि फेला नपारेको बताइएको छ । प्रहरीको गोप्य रिपोर्ट फेल भएपछि उनलाई पक्राउ गर्ने योजना भने विफल भएको उच्च स्रोतको दाबी छ।

गृह मन्त्रालयले नेकपाका शीर्ष नेताहरूलाई पक्राउ गर्न छुट्टै बजेटकै व्यवस्था गरेको छ। शान्ति सुरक्षा शीर्षकमा ३८ करोड रुपैयाँ बजेट छुट्याइएको नेकपाका नेताहरूले बताएका छन्।

केही समय अगाडि राप्तीमा भएको केन्द्रीय समिति बैठकमा विप्लवलाई पक्राउ गर्ने प्रयास गरेपनि पार्टी कार्यकर्ता र युवाहरूको सहयोगमा उनले घेराबन्दी तोड्न सफल भएका थिए।

विप्लवले ६४ वटासम्म सिम फेरेको समेत सुरक्षा निकायको रिपोर्ट छ । प्रहरीले उनी पछिल्लो समय भारतमा सेल्टर लिएर बसेको अनुमान गरेको छ । तर, भारतमा जाँदै नजाने , भारत सँग झुक्दै नझुक्ने विप्लवका नेताको भनाइ छ । विप्लव हाल कुनै उच्च नेताकै सेल्टरमा बसेको हुन सक्ने आशङ्का समेत प्रहरीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *