उपनिर्वाचन : पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।
नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।
त्यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो ।
प्रतिक्रिया
Facebook Comment