धरान उपमहानगरपालिकामा नेकपालाई कांग्रेसको कडा टक्कर
काठमाडौं। शनिबार सम्पन्न भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेका छ। एक प्रतिनिधिसभा, तीन प्रदेससभासहित ५२ स्थानीय तहमा भएको उपनिर्वाचनको मत परिणाम आउन सुरु भएको होे।
प्रारम्भिक मत परिणाम अनुसार धरान उपमहानगरपालिकाको प्रमुखमा प्रमुख प्रतिपक्ष दलका उम्मेद्वारले सत्तारुढ दलका उम्मेद्वारलाई कडा टक्कर दिएका छन्।
सत्तारुढ दलका उम्मेद्वार प्रकाश राईले २३०९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वार तिकल राई २२९२ मत प्राप्त गरेका छन्। नेकपाकाे गढ मानिने धरानमा नेपाली कांग्रेसभन्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ मतले अगाडि देखिएकाे छ।
प्रतिक्रिया
Facebook Comment