बलात्कारपछि जलाइएकी महिला डाक्टरसँग मर्नुअघि फोनमा कुरा गरेकी बहिनी के भन्छिन् ?
हैदराबाद (बीबीसी)। ‘के मिडियाबाट एक–एक गरेर मानिसहरु यसैगरी आइरहन्छन् र हरेक पटक मैले यही सब दोहोर्याउनु पर्छ ? के मिडियाबाट १०० फरक–फरक मानिसहरु आउन हुन्छ र एउटै प्रश्न मलाई पटक पटक सोध्न हुन्छ ?’ यो प्रश्न ती युवतीको हो जसकी दिदीलाई कथित रुपमा बलात्कारपछि जलाएर मारियो । मृतक डाक्६रले अन्तिम पटक आफ्नी बहिनीसँग फोनमा कुरा गरेकी थिइन् तर अब ती बहिनी मानिसहरु खासगरी मिडियासँग कुरा गर्दागर्दा थाकिसकेकी छिन् । उनी भन्छिन् ‘एउटै प्रश्न सय पटक … पहिलेदेखि नै दुखी छु र अब पटक पटक त्यही सब सोधिँदैछ ।’
घटनाको दिन राती करिब ९ बजेसम्म पीडित युवती टोल प्लाजामा आफ्नो स्कुटी लिन पुगेकी थिइन् । त्यहीँबाट उनले अन्तिम पटक आफ्नी बहिनीलाई फोन गरिन् र बताइन् कि उनको स्कुटी पन्चर छ । पीडित युवतीले ओनमा आफ्नी बहिनीसँग आफूलाई एक्लै सडकमा उभिन डर लागिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन् कि अचानक केही मानिसहरु देखिएका छन्, केही मानिसहरु उनलाई स्कुटी ठिक गर्ने कुरा पनि भनिरहेका छन् ।
युवतीले फोनमै आफ्नी बहिनीलाई बताएकी थियन् कि एक ट्रक ड्राइभर उनको नजिकै रोके र उनीसँग उनको स्कुटी ठिक गर्ने कुरा गरे । जब युवतीले ट्रक ड्राइभरसँग स्कुटी ठिक गराउन इन्कार गरिन् त्यसपछि पनि ड्राइभरले उनको पिछा गरिरह्यो । युवतीकी बहिनीले उनलाई सल्लाह दिइन् कि उनी टोल प्लाजाको नजिकै उभिउन् । यसमा युवती राजी भइनन् र भनिन् कि सबै जनाले उनलाई घुरिरहेका छन् जसका कारण उनलाई डर लागिरहेको छ ।
त्यसपछि युवतीले बहिनीलाई केही बेरमा फोन गर्ने भनिन् तर त्यसपछि उनको फोन स्विच अफ भयो । अनि त्यसपछि भोलिपल्ट बिहान उनको जलेको शव भेटियो । यो पूरै घटनालाई सम्झिँदा पीडित युवतीकी बहिनी असहज हुन्छिन् । उनी भन्छिन् ‘योभन्दा धेरै दुर्भाग्यपूर्ण के हुन सक्छ ? जिन्दगी त फिर्ता आउन सक्दैन । यो कसैसँग पनि हुनु हुँदैन । म सोच्न पनि सक्दिन कि यो सब मेरी आफ्नी दिदीसँग भयो । अब म केवल यत्ति भन्न सक्छु, जो कोही सतर्क रहनुपर्छ । हरेक गाउँ । हरेक समय ।’
त्यस रातको त्यो अन्तिम फोन कल याद गर्दै उनी भन्छिन् ‘दिदीले मलाई आफू डराएको भन्नुभएको थियो । तर मैले बुझ्न सकिन कि सबथोक यति गम्भीर छ । अब मैले यो बुझ्न सकिरहेकी छु कि यस किसिमका कुरालाई कुनै पनि हालतमा हल्का लिनु हुँदैन । यो कुराको कसैले अन्दाज पनि गर्न सक्दैन कि अर्को पल कसको साथ के हुन्छ ।’
अपसोच जनाउँदै उनी भन्छिन् ‘म आफ्नी दिदीलाई बचाउन सक्थें, यदि मैले घटनाको संवेदनशीलतालाई उत्तिकै गम्भीरताको साथ लिएको भए । कसैमाथि विश्वास गर्नु हुँदैन चाहे त्यो कुनै परिचित नै किन नहोस् । म बुझ्दैछु मैले यो सब भन्नु हुँदैनथ्यो । तर म यो कुरा यसकारण भन्न सकिरहेकी छु कि मैले सुनें एक महिला कुनै परिचितकहाँ जन्मदिनको पार्टीमा गइन् त्यहाँ उनलाई बलात्कार गरेर मारियो । यदि तपाइँ कुनै आफन्तको साथमा हुनुहुन्छ भने पनि सतर्क रहनुस् । अबेर राती कतै जाँदै हुनुहुन्छ भने घरमा कसैलाई बताएर जानुस् ।’
यो घटना सार्वजनिक भएपछि एउटा कुरा यो पनि उठ्यो कि यदि पीडित महिला डाक्टरले बहिनीको ठाउँमा पुलिसलाई १०० नम्बरमा फोन गरेर मद्दत मागेको भए शायत उनले मद्दत पाउँथिन् र यो दुर्घटना हुँदैनथ्यो । यसमा पीडित डाक्टरकी बहिनी भन्छिन् ‘यो ठिक हो कि मेरी दिदीले पुलिसलाई फोन गर्नु पर्थ्यो तर त्यति बेला कस्ता किसिमका परिस्थिति थिए यो कसैलाई थाहा छैन । म हरेक महिलासँग जो घरबाट बाहिर निस्किन्छन्, उनीहरुलाई भन्न चाहन्छु कि सतर्क रहनुस्, कहीँ पनि एक्लै नजानुस् ।’
पीडितकी बहिनी भन्छिन् कि कानुन अझै कडा हुनुपर्छ ताकि यस्ता घटना नहोउन् । उनी भन्छिन् ‘मानवता नामको चीज बाँकी रहेन । नैतिकता स्कुलको पाठ्यक्रममा हुनु पर्छ । शिक्षा दिइएको छ तर अनुशासन छेन । बच्चाहरुलाई सही र गलतको बीचको फरक बुझाइनुपर्छ । उनीहरु केवल पैसा कमाउनको लागि नपढुन् ।’
‘म मिडियाको आलोचना गर्न चाहन्न । एक पटक जब मेरो र दिदीको बीचमा भएको अन्तिम संवादको क्लिप सार्वजनिक भएको थियो त्यसपछि पनि यो सोध्नु कि मेरो र उनको बीचमा के कुरा भयो, कहाँसम्म सही हो ? सबथोक अगाडि छ तर पनि सोधिँदैछ । उनीहरु यस्तो केवल भावनालाई फेरि जगाउन गरिरहेका छन् । तर एक परिवार जो यस्तो पीडाबाट गुज्रिरहेको छm त्यो परिवारसँग यस्तो गर्नु के सही हो ?’
मिडियामाथि प्रश्न उठाउँदै उनी भन्छिन् कि यदि मिडियाले केही पत्ता लगाउनु नै छ भने या पत्तँ लगाओस् कि यो घटनाको पछाडि कारण के थियो ? उनले अगाडि भनिन् ‘हामी पहिलेदेखि नै समस्यामा छौं । हरेक पटक उहाँलाई गुमाउनुको पीडा महसुस गरिरहेका छौं । यस्तोमा यो प्रश्न त्यो पीडालाई बढाइरहेछ । म केवल यही भन्न चाहन्छु कि जागरुकता बढाउनुस् ताकि एक सुरक्षित समाज बन्न सकोस् ।’
Facebook Comment