आँखा मारेर तनावमा परेकी प्रियालाई अदालतको राहत (भिडियो सहित)

डिसी नेपाल
१५ भदौ २०७५ १३:४९

एजेन्सी । ब्वाइफ्रेन्डलाई आँखा झिम्काएर चर्चामा आएकी भारतको मलायम फिल्मकी अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वोच्च अदालतले राहत दिएको छ।

मलायम फिल्म ‘अरु अदार लभ’ फिल्मको टिजरमा प्रियाले निकै मनमोहक ढंगबाट आँखा मारेको देखाइएको थियो। जुन भिडियो निकै चर्चित भयो र रातारात प्रिया सबैभन्दा चर्चित सेलिब्रटी बनिन्।

सो भिडियोप्रति आपत्ती जनाउँदै एक यूवा समूहले अदालतमा मुद्दा दिएको थियो। प्रियाले सो मुद्दा खारिजको माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। सर्वोच्चले उनको निवेदनमाथि कारबाही गर्दै उनीविरुद्धको मुद्दा खारेज गरेको हो।

मुद्दा खारेजले प्रियालाई राहत भएको बताइएको छ। उनको सो फिल्मको टिजर निकै लोकप्रिय भए पनि फिल्म भने रिलिज भएको छ। टिजरमा उनी कलेज गर्लको भूमिकामा देखिएकी छन्। कलेजम क्लास भित्रै आफ्नो ब्वाइफ्रेन्डलाई उनले आँखा मार्छिन्। या दृष्य निकै मनमोहक, मनै लोभ्याउने छ।
डिसी नेपाल डटकमबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *