अमेरिकाको साउथ डाकोटामा उड्नेबित्तिकै विमान दुर्घटना, ९ जनाको मृत्यु

डिसी नेपाल
१५ मंसिर २०७६ ११:२३

एजेन्सी। अमेरिकाको साउड डाकोटाको च्याम्बरलेनमा उडान भरेको केहीबेरमै विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ९ जना मृतकमध्ये २ जना बालबालिका र एक पाइलट रहेको ब्रले काउन्टी स्ट्ट्स अटर्न थेरेसा माउले रोसोको वक्तव्यलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।

पिलाटर पिसी–१२ विमान लुन्सफोर्डको इडाहो फल्स रिजनल एयरपोर्डका लागि उडेको थियो । मौसमका कारणले दुर्घटना भएको बताइएको छ । मौसम विभागका अनुसार विमान दुर्घटना भएका बेला साउथ डाकोटामा १ इन्चसम्म हिमपात भइरहेको थियो । फेडेरल एभिएसन अथोरिटी र नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *