कास्की २ : बढ्दैै विद्या र खेमराजको मतअन्तर, कुन उम्मेद्वारको मत कति ?

डिसी नेपाल
१५ मंसिर २०७६ १२:०४

पोखरा । कास्की–२ मा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार सत्तारुढदल दल नेकपाकी उम्मेद्वारको अग्रता ह्वात्तै बढको छ ।

पछिल्लो पटक सार्बजनिक गरिएको मत परिणाम अनुसार नेकपाकी उम्मेद्वार विद्या भट्टराई कांग्रेस उम्मेद्वार खेमराज पौडेलभन्दा ५ हजार ८ सय ३७ मतले अग्रता लिएकी छिन् ।

अहिलेसम्म सम्पन्न पोखरा महानगरपालिका वडा नम्बर ३३, २०, २१ र १७ को मतगणना सकिँदा विद्या भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छिन् ।

त्यस्तैगरी नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत पाएका छन् ।

यसअघि पोखरा ३३, २० र २१ वडाको मतगाणना सकिँदा विद्या भट्टराई ४ हजार ५ सय ८३ मतले अगाडि थिईन् ।

पोखरा ३३, २०, २१ को मत परिणाम

७ हजार ९ सय ९१ कुल मतदाता रहेको वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । अहिले बिहान ६ बजेबाट वडा नम्बर २१ को मत गणना जारी छ ।

कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *