किशोरीलाई बदाम खान दिँदा रेष्टुरेण्टलाई साढे ५ लाख जरिवाना
काठमाडौं। १६ वर्षकी एक किशोरीलाई बदाम मिसिएको खानेकुरा खान दिएको एक रेष्टुरेण्टलाई साढे ५ लाख रुपैयाँ जरिवाना तिराइएको छ । बेलायतको राजधानी लण्डनमा भारतीय खाना पाइने यो रेष्टुरेण्टलाई स्थानीय प्राधिकरणले ३ हजार ७६७ पाउण्ड (५ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना तिराएको हो । ड्राइफ्रुटले हुने एलर्जीका कारण किशोरीको स्वास्थ्यमा समस्या आएपछि रेष्टुरेण्टमाथि जरिवाना लगाइएको हो ।
बेलायती मिडिया डेलिमेलका अनुसार न्यूक्यासल नजिकै टाइनमाउथको एक भारतीय रेष्टुरेण्ट गुलशनमा एक १६ वर्षकी किशोरी परिवारको साथमा खाना खान पुगेकी थिइन् । त्यहाँ कर्मचारीहरुले उनलाई विश्वास दिलाए कि त्यहाँको खाना ताजा र सुरक्षित छ । ड्राइफ्रुटका कारण एलर्जी हुँदा किशोरीलाई खाना खानेबित्तिकै जिब्रोमा झनझनाहट हुने र जिब्रो सुन्निने समस्या भयो । किशोरीलाई तत्काल नर्थ टाइनसाइड जनरल हस्पिटलमा भर्ना गरेर उपचार गरियो ।
घटनाको जाँचका लागि जब स्थानीय प्राधिकरणका खाद्य सुरक्षा अधिकारीहरुले खानामा दिइएको चिकन करीको अवशेषको परीक्षण गर्दा यसमा बदामको प्रोटिन पाइयो । यही प्रोटिनका कारण किशोरीलाई एलर्जी भएको थियो । रेष्टुरेण्टलाई किशोरीलाई भ्राकम जानकारी दिएर खाना सर्भ गरेको र अरु पनि लापरवाही गरेको अभियोगमा प्राधिकरणले गुलशन रेष्टुरेण्टमाथि साढे ५ लाख रुपैयाँको जरिवाना लगायो ।
Facebook Comment