बाग्लुङ प्रदेशसभामा कांग्रेस र बाम गठबन्धनको कडा टक्कर, मात्रै ९ मतको अन्तर

डिसी नेपाल
१५ मंसिर २०७६ १५:३९

बाग्लुङ। बाग्लुङको क्षेत्र नम्बर २ ‘ख’मा भएको उपनिर्वाचनको मतगणनाको शुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रता लिएको भए पनि बाम गठबन्धनका तर्फबाट उठेका राष्ट्रिय जनमोर्चाका उम्मेदवारले कडा टक्कर दिँदै मतान्तर ह्वात्तै घटाएका छन् ।

आइतवार अपराह्न ढिलो गरी शुरू भएको मतगणनामा कांग्रेसका उम्मेदवार जित शेरचनले १ हजार ५५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाबाट उठेका खिमविक्रम शाहीले १ हजार ४६ मत प्राप्त गरेका छन् । जम्मा ३५ हजार मतदाता रहेको बाग्लुङमा २१ हजार भोट खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *