अमेरिकाबाट नेपाल फर्किएकी नायिका श्वेता खड्कालाई लाग्यो अनौठो रोग

डिसी नेपाल
१५ भदौ २०७५ १४:५९

स्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरुवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी हुन् । उनी एक चर्चित नायिका मात्र नभएर निर्मात्री पनि हुन् ।

आफ्नो श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन पछि उनलाई चलचित्र क्षेत्रमा फर्किन निकै समय लागेको थियो । तर आफ्ना शुभ चिन्तक र परिवारको साथका कारण उनी पुन नेपाली सिनेमा मा फर्केकी छिन् चलचित्र कान्छी मार्फत ।

नायिका स्वेता खड्काको डेब्यु निर्मित नेपाली चलचित्र कान्छी गत फाल्गुण ४ गते अल नेपाल प्रदर्शन भएको थियो । आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’ मा दयाहाङ राई र श्वेता खड्का मुख्य भूमिकामा छन् । नेपालमा राम्रो व्यापार गरेपछि कान्छी अमेरिकामा प्रदर्शनका लागि स्वेता अमेरिका पुगेकी थिइन् ।

लामो समयसम्म अमेरिकामा कान्छी चलचित्र प्रदर्शन गरेर नेपाल फर्किएकी नायिका स्वेता खड्का अस्वस्थ बनेकी छिन् । अमेरिकाबाट आफ्नो चलचित्र सम्बन्धी कामहरू सकेर नेपाल फर्किने क्रममा अचानक छालामा समस्या देखिएपछि आराम गरिरहेको स्वेताले बताएकी छिन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै चिकित्सकको सल्लाह अनुसार नै घरमा आराम गरिरहेको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफू स्वस्थ रहेको अवस्थाको बारेमा बताएकी छिन् । फेसबुकमा स्टाटस लेख्दै अमेरिकामा चलचित्र प्रदर्शनी सफल पार्न मद्दत गर्ने सम्पूर्ण टिमलाई समेत आभार व्यक्त गरेकी छिन् ।
डिसी नेपाल डटकमबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *