जमानत जफत भएपछि साझाका अध्यक्ष मिश्रको प्रश्न, युवा मतदाता खोई?

डिसी नेपाल
१५ मंसिर २०७६ २२:४६

काठमाडौं। वैकल्पिक राजनीति गर्ने भन्दै गठन भएको साझा पार्टीले यो उपनिर्वाचनलाई पनि महत्वका साथ उपयोग गर्ने नीति लिएको थियो।

उपनिर्वाचनको मिति घोषणा भएसँगै कास्की २ लाई ध्यानमा राखेर साझा पार्टीका संयोजक रवीन्द्र मिश्र दर्जनौ पटक कास्की पुगे। सो पार्टीका अन्य नेता पनि शनिबार मतदान हुँदासम्म फिल्डमा खटिएकै थिए। काँग्रेसको राजनीति गरेकी रजनी केसीलाई पार्टीमा भित्र्याएदेखि नै साझा पार्टीले चुनावी प्रचार शुरु गर्यो।

शनिबारसम्मै पार्टीका नेताहरु चुनावमा खटिए। सामाजिक सञ्जालमा पार्टी संयोजक मिश्र निकै सक्रिय थिए।

तर, साझाको वैकल्पिक राजनीतिको रागलाई जनताले भने रिजेक्ट गरिदिएका छन्। साझाकी उम्मेदवार रजनी केसीले ९४२ मत पाएकी छन्।

आइतबार आएको मतपरिणाममा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भइन्। काँग्रेस उम्मेदवार खेमराज पौडेल निकटतम प्रतिस्पर्धी रहे।

तर, साझासहित अन्य सबै दलको जमानत जफत भयो। आइतबार दिउँसो अन्तिम मतपरिणाम आएपछि साझाका संयोजक मिश्रले सामाजिक सञ्जालमा एक प्रश्न गरेका छन्, ‘युवा मतदाता खोई?’

मिश्रले आफ्नो पार्टीका उम्मेदवारको जमानत जफत हुनुको कारण युवा मतदाताले मतदान नगरेर हो भन्ने निश्कर्ष निकालेको उनको प्रश्नबाट बुझिन्छ। उनले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘हुन त तथ्याङ्क पछि आउला तर कास्कीका सबै चुनावी केन्द्र घुम्दा अधिकांश केन्द्रमा युवा मतदाता अत्यन्तै न्यून थिए, जुन कम्तिमा २ जना मतदान अधिकृतले पुष्टी गरे। दशौँ लाख युवा विदेशमा भएकोले र बाँकिमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको हुनसक्छ, जुन साझा पार्टीका लागि मात्र होइन, देश रूपान्तरणका लागि चिन्ताजनक विषय हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *