बागलुङ-२ (ख) मा बाम गठबन्धनका खीमबिक्रम शाही विजयी

डिसी नेपाल
१६ मंसिर २०७६ ६:२०

काठमाडौँ । बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । आईतबार राति सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार बामगठवन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खीमबिक्रम शाही बिजयी भएका हुन् ।

शाहीले ११,२३५ मत प्राप्त गरेर ९,१३८ मत प्राप्त गरेका निकटतम प्रतिव्दन्दी नेपाली कांग्रेसका उम्मेद्वार जीतबहादुर शेरचनलाई २०९७ मतान्तरले पराजीत गरेका हुन् ।

प्रथम प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यस निर्वाचनमा पनि नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन नै निकटतम प्रतिव्दन्दी थिए भने उनले ८,६२४ मत ल्याएका थिए ।

यस उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले प्राप्त गरेको मत भन्दा ६४९ कम छ भने काँग्रेसका शेरचनले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत भन्दा ५२६ मत बढी हो ।

उपनिर्वाचनमा कुल मतदाता संख्या ३५,१८४ रहेकोमा जम्मा २१,८९५ मतदाताले मतदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *