लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । इङलिश प्रिमियर लिगमा लेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स भार्डी र केलेची इहेनाचोले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि रिचार्लिसनले एक गोल गरेका थिए ।
खेलको २३औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको एभर्टनले आफ्नो अग्रता जोगाउन नसक्दा पराजित हुन् पुग्यो । पहिलो हाफमा १-० ले अगाडी रहेको एभर्टन दोस्रो हाफमा २ गोल खाएको थियो । लेस्टरका लागि पहिलो गोल भार्डीले खेलको ६८औ मिनेटमा गरेका थिए भने इहेनाचोले खेलको अन्तिम मिनेटमा गोल गर्दै लेस्टरलाई महत्वपूर्ण जित दिलाएका थिए ।
यो जितसँगै लेस्टर प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १४ खेलमा ३२ अंक भएको छ । अब लेस्टर शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडी रहेको छ । त्यस्तै म्यानचेस्टर सिटी भने १४ खेलमा २९ अंकसहित तेस्रो स्थानमा झरेको छ । यता एभर्टन भने १४ खेलमा १४ अंकसहित १७औ स्थानमा पुगेको छ ।
Facebook Comment