धरानमा २८ वर्षदेखिको कम्युनिष्ट किल्ला तोडियो

डिसी नेपाल
१६ मंसिर २०७६ ११:०७

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

तिलकले नेकपाका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै २०४८ सालपछिको किल्ला तोडेका हुन् ।

५५ हजार मत खसेको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका छन्। मतपरिणना सकिएपनि निर्वाचन आयोगले घोषणा गर्न भनेँ बाँकी छ।

यसअधिको निर्वाचनमा तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार तारा राई विजयी भएको मेयर पद यस पटक कांग्रेसले खोसेको हो।

दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० वडा मध्ये ५ वडा (१४, ५, २, १ र १८) मात्रै जितेको थियो। जुनबेला तत्कालिन नेकपा (माओवादी केन्द्र) ले १७ नम्बर तथा तत्कालिन एमालले बाँकी सबै १४ वटै वडा जितेको थियो।

२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालिन (एमाले)का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा (एमाले)का तारा राई चार हजार मतान्तरले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *