ससुराली जाँदा लामखुट्टेले टोकेपछि विष्णुले श्रीमती र सालीलाई गोली हानेर मारिदिए

डिसी नेपाल
१७ मंसिर २०७६ ८:३२

काठमाडौं। ससुरालीमा बस्दा आफूलाई लामखुट्टेले टोकेको रिसमा सेनामा कार्यरत एक युवकले आफ्नी श्रीमती र सालीलाई गोली हानिदिएका छन् । यही आइतबार भारतको बिहारको राजधानी पटनामा भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गोली हानिदिएको आज तकको समाचारमा उल्लेख छ । पछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका छन् ।

जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डेंगुको संक्रमण भएको थियो । उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लामखुट्टेले टोकेका कारण डेंगु भएको शंका गरेका थिए । उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र सालीलाई बताए तर उनीहरुले विष्णुको कुराको विरोध गरे । उनीहरुले आफ्नो कुराको विरोध गरेपछि विष्णुलाई रिस उठ्यो र उनले कारमै दुवैलाई गोली हानिदिए ।
बिहार रेजिमेन्टको बटालियन ७ का जवान विष्णुले ससुरालीमा लामखुट्टेले टोकेको सजाय श्रीमती र सालीलाई दिए र आफूलाई पनि गोली हाने । एकै परिवारका तीन जनाको मृत्युपछि भोजपुरको लालगंज गाउँमा शोकको माहोल छ । गाउँमा कसैले बुझ्न सकिरहेका छैनन् कि यो स्थितिमा पीडित परिवारलाई कसरी सान्त्वना दिने ।

२२ नोभेम्बरका दिन विष्णुकी साली डिम्पलको बिहे थियो । यसैमा सहभागी हुन उनी ससुराली गएका थिए । त्यही क्रममा उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिति थप बिग्रियो । परिवारका दस्यले आइतबार उनलाई उपचारको लागि एम्स अस्पताल लैजाँदै थिए । यही क्रममा उनले गोलीकाण्ड गरेका हुन् ।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरका अनुसार गाडीमा विष्णुले ससुरालीमा भएका लामखुट्टेका कारण आफूलाई डेंगु भएको बताएका थिए जसको उनकी श्रीमती र सालीले विरोध गरे । यही कुरामा रिसाएका विष्णुले आफ्नो लाइसेन्सवाला पेस्तोल निकालेर दुवैलाई गोली हानिदिए । अगाडि बसेका मिथिलेशले उनका दुई सन्तानलाई भने गाउँलेको सहयोगमा बचाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *