महिला भलिबल फाइनलः नेपालको लगातार दोस्रो सेटमा पनि जित, स्वर्ण पदक नजिक
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला भलिबलको फाइनल खेल जारी छ। नेपाल र भारतबीच स्वर्ण पदकका लागि खेल भएको हो। पहलिो सेट गुमाएको नेपालले लगातार दुई सेट जितेर नजिता २ – १ मा पुर्याएको छ। अब नेपालले एक सेट जिते ऐतिहासिक स्वर्ण पदक जित्ने छ।
दोस्रोमा जित हात पारेको छ, नेपालले दोस्रो २५ २३ ले जित्यो । दोस्रो सेटमा नेपालले शुरुदेखि नै अग्रता बनाएको थियो । नेपालले पहिलो सेट गुमाएको छ। शुरुमा निकै रोमाञ्चक रहेको सेटमा नेपाल खेलको बिचमा आइपुग्दा सम्हालिन सकेन। तेस्रा सेटमा नेपालले २५ २१को जित हात पार्यो । नेपालले पहिलो सेट १७ २५ ले गुमायो ।
नेपाल सागको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। भारत भने महिला भलिबलको डिफेण्डिंग च्याम्पियन हो। समूह चरणमा भारतले नेपाललाई सोझो सेटमा पराजित गरेको थियो।
समूह चरणमा नेपालले बांगलादेशलाई सोझो सेटमै पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले श्रीलंकालाई सोझो सेटमै पराजित गरेको थियो।
उता भारतले माल्दिभ्सलाई पनि सेमिफाइलनमा सोझो सेटमै पराजित गरेको हो।
मंगलबार नै भएको पुरुष भलिबलको फाइनलमा भारतले जित हात पारेको थियो। जितसँगै पुरुष भलिबलमा भारतले स्वर्ण जितेको छ। फाइनलमा चिरप्रतिद्वन्दी पाकिस्तानलाई पाखा लगाउँदै भारतले स्वर्ण कब्जा गरेको हो। पहिलो सेट गुमाएको भारतले त्यसपछि लगाता। तीन सेटमा जित निकाल्दै स्वर्ण पदक जितेको हो। भारतले फाइनलमा पाकिस्तानलाई ३ १ को सेटमा पाखा लगायो।
पाकिस्तानले भारतमाथि पहिलो सेटमा जित निकालेको छ। शुरुमा पछाडि परेको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्दै पहिलो सेट जितेको हो। पाकिस्तानले भारतलाई २५ २० ले पहिलो सेटमा पाखा लगायो। दोस्रो सेटमा भने भारतले उत्कृष्ट स्पाइकिंग गर्यो। जसको नतिजा भारतले दोस्रो सेट जित्यो। दोस्रो सेटमा भारतले पाकिस्तानलाई २५ १५ले पाखा लगायो। तेस्रो सेटमा भारतले २५ १७ ले पाकिस्तानलाई पाखा लगायो। निकै रोमाञ्चक भएको चौथो सेट २९ स्कोरसम्म पुगेको थियो। भारतले चौथो सेटमा २९ २७ले पाकिस्तानलाई पाखा लगायो।
जितसँगै भारतले स्वर्ण पदक जित्दा पाकिस्तानले रजत पदकमा चित्त बुझायो।
Facebook Comment