सडक दुर्घटनामा सरकार गम्भिर हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले लगातार भइरहेका सडक दुर्घटनामा सरकार गम्भिर हुनु पर्ने बताएका छन् । मंगलबार एक विज्ञप्ति मार्फत सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न÷गराउनसमेत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु विज्ञप्तिमा भनिएको छ । घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना कामना समेत सभापति देउवाले गरेका छन् ।
गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप मंगलबार भीमगिठेमा दुर्घटनामा परेको हो । घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
यस अघि, मङ्सिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला बाग्लुङमा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको थियो ।
Facebook Comment