चीनले नेपाल जोड्ने रेल परियोजनाको सर्वेक्षण सुरु गरेपछि भारतमा तरंग

काठमाडौं। चीनले ल्हासा र काठमाडौं जोड्ने रेल परियोजनाको काम सुरु गरेपछि यसले भारतमा तरंग ल्याएको छ । नेपाल–भारत सीमा विवादका कारण दुई देशको सम्बन्ध बिग्रिएका बेला चीनले यो परियोजना सुरु गर्नुलाई भारतीय विश्लेषकहरुले चीनले नेपाललाई आफ्नो प्रभावमा पार्न चाहेको विश्लेषण गरेका छन् ।
यो रेलवे ल्हासा–काठमाडौंसँगै लुम्बिनीसम्म पुग्नेछ । लुम्बिनी भारतको सीमानजिकै भएकोले लुम्बिनीसम्म चीनको सहज पहुँचले भारतलाई समस्या पार्ने भारतीय विश्लेषकहरुको बुझाइ छ । चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)का पत्रकार शेल शिवेइले चिनियाँ विशेषज्ञहरुले रेलवेको सर्वेक्षण गर्दै गरेका केही तस्वीरहरु ट्वीट गरेका थिए । उनको यो ट्वीटसँगै भारतीय मिडियामा तरंग आएको हो ।
#China #Nepal railway ? ????
Exploration, survey and design are on the road! Here is Chinese section. pic.twitter.com/nQIZsHxdX2— Shen Shiwei沈诗伟 (@shen_shiwei) July 26, 2020
यो परियोजना ३० करोड डलरको भएको बताइएको छ । रेलवेको योजना सन् २००८ मा बनेको थियो तर त्यसपछिका वर्षहरुमा खासै प्रगति भएको थिएन । अहिले चीनले यो परियोजनामा काम तीब्र बनाएको हो । चीनले २००८ मा यो परियोजना सुरु गर्दा पहिले ल्हासा र शिगात्सेलाई जोड्ने, त्यसपछि नेपालको सीमा नजिकै केरुङसम्म ल्याउने, तेस्रो चरणमा काठमाडौं जोड्ने र चौथो चरणमा लुम्बिनीलाई जोड्ने योजना बनाइएको थियो ।
भारतीय मिडियाले यो परियोजना रोक्ने र भारतको प्रभाव कायमै राख्नेतर्फ पहल थालिसकेका छन् । इण्डिया टुडेले भारतका पनि नेपाल जोड्ने ६ रेलवे परियोजना भएको भन्दै नेपाल–चीन रेलवे भन्दा नेपाल–भारत रेलवेको लागत कम पर्ने लेखेको छ ।
Facebook Comment